मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हुन् ‘लू’ का लक्षण ? कसरी बच्ने ?

काठमाडौँ ‘लू’ गर्मी बढेसँगै तराई क्षेत्रमा चल्ने तातो हावा हो । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क रूपमा बहन यो हावाका कारण तत्कालीन मात्र नभएर दीर्घकालीन असर समेत पुग्ने चिकित्सकहरू बताउँछन् ।

‘लू’ मा हेलचेक्र्याइँ गरे ज्यान समेत जान सक्ने भएकोले यसबाट बच्न केही सचेतता अपनाउन जरुरी छ । 

सामान्य भाषामा गर्मी मौसमको रोग भनेर समेत चिनिने ‘लू’ लाग्नुका लक्षण यस्ता हुन्छन् 

– बारम्बार प्यास लागिरहनु ।

– अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।

– अत्यधिक तापक्रमका कारण बेहोस हुनु ।

– नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।

– बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

कसरी बच्ने

– घरमै बस्ने ।

– बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

– मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिर हिँडडुल कम गर्ने, गर्नुपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

– गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

– गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्य चौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

– स्वास्थ्यकर्मी/ स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

– खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

– दूध, माछा मासु जस्ता  प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?