काठमाडौँ ‘लू’ गर्मी बढेसँगै तराई क्षेत्रमा चल्ने तातो हावा हो । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क रूपमा बहन यो हावाका कारण तत्कालीन मात्र नभएर दीर्घकालीन असर समेत पुग्ने चिकित्सकहरू बताउँछन् ।
‘लू’ मा हेलचेक्र्याइँ गरे ज्यान समेत जान सक्ने भएकोले यसबाट बच्न केही सचेतता अपनाउन जरुरी छ ।
सामान्य भाषामा गर्मी मौसमको रोग भनेर समेत चिनिने ‘लू’ लाग्नुका लक्षण यस्ता हुन्छन्
– बारम्बार प्यास लागिरहनु ।
– अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।
– अत्यधिक तापक्रमका कारण बेहोस हुनु ।
– नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।
– बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।
कसरी बच्ने
– घरमै बस्ने ।
– बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।
– मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिर हिँडडुल कम गर्ने, गर्नुपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।
– गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।
– गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्य चौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।
– स्वास्थ्यकर्मी/ स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।
– खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।
– दूध, माछा मासु जस्ता प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया