मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ – कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा  नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी हुँदै छन् । 

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन्।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरेर कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ/मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। 

यस वर्ष प्रश्न पत्र अनलाइनबाट पठाइएको छ भने  यस वर्ष स्वचालित प्रक्रियाबाट काठमाडौँका परीक्षा केन्द्र निर्धारण गरिएको हो ।

इमेलबाट प्रश्न पत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरिएको छ। परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?