मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने

गुल्मी – गुल्मीमा आगामी जेठ १५ गतेसम्म सबै विद्यार्थीको आँखा परीक्षण गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखाको बैठकले जिल्लाका सबै विद्यालयका विद्यार्थीको आँखा परीक्षण गर्ने निर्णय गरेको हो ।

आँखा परीक्षण गर्न प्रत्येक विद्यालयका एक एक शिक्षकलाई तालिम प्रदान गरिने नेत्र ज्योति संघका जिल्ला सचिव पदमप्रसाद पाण्डेले जानकारी दिए । पालिकासँग समन्वय गरेर यही वैशाख २५ गतेसम्म शिक्षकलाई तालिम दिइने छ । जिल्लाका सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिनेछ ।

“समस्या पहिचानपछि नजिकको आँखा उपचार केन्द्रमा रिफर गरिनेछ । शल्यक्रिया गर्नुपर्ने भए जिल्ला आँखा उपचार केन्द्रमा उपचार गरिने छ”, सचिव पाण्डेले भने । इस्मा, रेसुङ्गा, गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्र पालिकाका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ । त्योभन्दा बाहेकको सम्बन्धित पालिकासँग समन्वय गरेर उपचार गरिने उनले बताए ।

जिल्ला आँखा उपचार केन्द्र, गुल्मीले गरेको एक सर्वेअनुसार गुल्मीमा कूल तीन हजार पाँच सय ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । सात सय नौ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?