मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संगीत

जापानमा रहेका नेपालीलाई नचाएर नेपाल फर्किइन् समीक्षा (तस्वीरहरू)

काठमाडौँ– गायिका समीक्षा अधिकारी जापानमा रहेका नेपालीमाझ प्रस्तुति दिएर नेपाल फर्किएकी छिन् ।

बाग्लुङ समाज जापान र बिउकोट समाज जापानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनी जापान पुगेकी थिइन् ।

त्यहाँ उनले आफ्ना चर्चित गीतहरू गाएर नचाएकी थिइन् । पछिल्लो समय चर्चामा रहेको ‘बोक्सीको घर’ को गीत ‘बुझिनँ मैले’ पनि उनले गाएकी थिइन् ।

कार्यक्रममा उनलाई उपस्थित दर्शकले गीत गाएर हौसला बढाइदिएका थिए ।

एक हप्ता लामो बसाइ निकै रमाइलो रहेको समीक्षाले जोय नेपाललाई बताइन् । ‘जापानमा रहेका नेपालीको मायाले मलाई निकै हौसला दियो, एक हप्ते जापान यात्रा निकै रमाइलो भयो,’ समीक्षाले भनिन् ।

गायिका अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनले स्वर दिएका गीत दर्शकले रचाएका छन् ।

जापानको कार्यक्रमका तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?