मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौँ – चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् । उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए ।

‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?