मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड

काठमाडौँ– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।

सालेहीका वकिलले सजायविरुद्ध अपील गर्ने बताएका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए ।

उनीमाथि धेरै आरोप लागेका थिए । जुलाई २०२३ मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।

तर यस वर्षको जनवरीमा, इस्फाहानको क्रान्तिकारी अदालतले सालेही विरुद्ध नयाँ आरोप लगाए, उनका वकिलले भने ।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अपप्रचार र दंगा भड्काउनेलगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ । अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपील गर्न २० दिनको समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?