मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाभी बार्सिलोनामै रहने !

काठमाडौँ– जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने भएका छन् । यस अघि यस सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरेका जाभीले क्लबका अध्यक्ष र व्यवस्थापनका सिनियर पदाधिकारीहरुसँगको भेटपछि क्लबमै रहन सहमत भएका हुन् ।

यसअघि जाभीले पटक पटक आफ्नो निर्णय नबदल्ने बताउँदै आएका थिए ।

तर, पछिल्लो छलफलमा क्लबको अवस्था र भविष्यको योजनाको विषयमा स्पष्ट भएपछि उनले आफ्नो निर्णय बदलेको मिडिया रिपोर्टमा बताइएको छ ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले केही दिनमै यस विषयमा घोषणा गर्ने बताइएको छ ।

जाभी २०२१ को नोभेम्बर ६ मा बर्सिलोनोको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बार्सिलोनाले २३९ खेलमा १५२ खेल जितेको छ भने ४६ खेल हारेको छ । त्यस्तै ४१ खेल बराबरी खेलेको छ ।

उनको नेतृत्वमा बार्सिलोनाले २-२२-२३ को ला लिगा र सुपर कोपा जितेको थियो ।

यस सिजनमा भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि ६ खेल खेल्न बाँकी हुदा रियल म्याड्रिडसँग ११ अंकले पछाडि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?