मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

फिल्म ‘बोक्सीको घर’ को प्रिमियर, कसले के भने?

काठमाडौँ– वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ को प्रिमियर शो गरिएको छ । बिहीवार काठमाडौँस्थित सिभिल मलमा प्रिमियर सम्पन्न गरिएको हो ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मले ‘प्रिमियर’मा सकारात्मक प्रतिक्रिया पाएको छ ।

ग्रामीण समाजमा बोक्सीको आरोपमा दिइने चरम यातनालाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म भएकाले पनि उनलाई साथ दिन अभिनेत्रीहरू हल पुगेका थिए ।

फिल्म हेर्न पुगेकी अभिनय स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरिन् ।

उनले फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नुभन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् ।

निर्देशक तथा निर्माता अशोक शर्माले पनि फिल्मले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए । उनले यस्तो फिल्मलाई दर्शकको साथको आवश्यक रहेको बताए ।

अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा तितो यथार्थलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन् ।

यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट फिल्म बनेको भन्दै दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरिन् ।

गायक तथा अभिनेता प्रकास सुपतले पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । आफूले फिल्म हेरेर नै फिल्मको मर्म अनुसार नै गीत बनाउने अवसर दिएकोमा अभिनेत्री निर्मात्री केकी अधिकारीलाई धन्यवाद दिएका थिए ।

साथै, गीतलाई जुन हिसाबमा दर्शकबाट साथ सहगोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो फिल्मलाई पनि रहेकाले फिल्म हेरे साथ दिन सम्पूर्ण दर्शकलाई आग्रह गरे ।

अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्माले पनि फिल्म राम्रो बनेको भन्दै यस्तो विषयवस्तुमा फिल्म बनाउने हिम्मत गरेकोमा साथी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन् ।

साथै, केकीले फिल्मको पात्रको मनोदशा अनुसार उत्कृष्ट काम गरेको बताइन् । यस्तै फिल्ममा अभिनय गरेकी बाल कलाकार सुपला सापकोटाको अभिनयको पनि तारिफ गरिन् ।

फिल्मकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो फिल्म भए पनि त्यसपछि सम्पूर्ण दर्शकको फिल्म भएकाले साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

आफूले निर्देशक सुलक्षण भारतीसँग मिलेरले समाजको कथा उठान गरेकाले सवैको साथ पाउनेमा आशावादी छु । प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि फिल्म रुचाउने विश्वास व्यक्त गरिन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ ।

फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ । फिल्मको बुधबारदेखि नै हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?