काठमाडौँ– आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् ।
जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक दृष्टिकोणले हेरिन्छ । आइफोनमा चार्ज नटिक्ने गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् ।
यसकारण छिट्टै सकिन्छ तपाईको आइफोनको चार्ज
– आईफोनबाट फोटो तथा भिडियो खिचिरहँदा पनि बढी चार्ज खपत भइ छिटो चार्ज सकिन्छ ।
– आइफोनमा गेम खेल्दा पनि चार्ज बढी खपत हुने गर्दछ ।
– पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ ।
– मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भइ ब्याट्री कम टिक्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया