मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक ‘मासिन्या’माथि सामाजिक तथा राजनीतिक दृष्टिकोणमा विमर्श गरिने

काठमाडौँ– नाटक ‘मासिन्या’माथि सामाजिक तथा राजनीतिक दृष्टिकोणबाट विमर्श हुने भएको छ ।

तामाङ अध्ययन प्रतिष्ठानले बौद्धस्थित प्रतिष्ठान कक्षमा यही वैशाख १५ गते शनिवार छलफल श्रृङ्खला अन्तर्गत ‘मासिन्या’को विषयमा परिचर्चा गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।

समालोचक कुमारी लामा, नाटकका लेखक राजु स्याङ्तान, निर्देशक सोनाम लामा र सञ्चारकर्मी सुशीला तामाङ रहने विमर्शमा सहजकर्ताका रुपमा प्रतिष्ठान मार्फत नै सञ्जिला मोक्तान सहभागी हुनेछिन् ।

तामाङ समुदायको इतिहास, संस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक, सामाजिक जस्ता पक्षको गुणात्मक तथा प्राज्ञिक अध्ययनका आधारमा तथ्यगत रुपमा खोज र अनुसन्धान गर्ने उद्देश्यले एक वर्ष अगाडि नै प्रतिष्ठानको स्थापना भएको हो ।

प्रतिष्ठानले चैत्र २३ गते स्थापना दिवस मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?