मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युक्रेनले प्रयोग गर्न थाल्यो अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल

काठमाडौँ  – रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ ।

यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक उनीहरूको प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन् ।

अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गत फेब्रुअरीमा गोप्य रूपमा हरियो संकेत दिएको बताइएको छ । यी क्षेप्यास्त्रले ३०० किलोमिटरको दूरीमा प्रहार गर्न सक्छन् ।

कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वासिङ्टनको योजना रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?