मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बन्ने ‘सुन्दर’ पुरुष ? अपनाउनुहोस् यी उपायहरू 

-भनाई नै छ नि, पुरुषको पहिचान गर्ने भए उसको जुत्ताबाट गर्न सकिन्छ । त्यसैले पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले मात्र नभई कार्यक्रम अनुसार र मौसम अनुसार पनि छनोट गर्नुपर्दछ ।

-दार्हिको काट्ने तरीका बदल्दा पनि पुरुषहरू ह्याण्डसम देखिन्छन् । 

– सुहाउँदो कपडा छान्नु पहिलो टिप्स नै हो किनकि आफ्नो बडी शेप अनुसार कपडा लगाउँदा स्टाइलिस देखिन्छ ।  

– यदि शरीरको माथिल्लो भाग चौडा छ, कम्मर र हिप माथिल्लो भागभन्दा सानो छ भने यस्तो शरीर हुने पुरुषले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हुनसक्छ ।

-यदि काँध र कम्मरको चौडा बराबर छ भने यस्ता पुरुषले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउने पहिरन लगाउनु पर्दछ । यो शारीरिक रुपमा त सम्भव छैन तर केही कट्स र टाइप्सका कारण तपाईँ यस्तो गर्न सकिन्छ ।

– काँध सानो, मध्य ओभल र खुट्टा स्लिम छ भने यस्ता पुरुषले शरीरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ ।

-महिलालाई भन्दा पुरुषलाई मेकअपको बढी आवश्यकता पर्दछ । किनकि शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि स्पा, बडी मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।

 – अहिले पुरुषले लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।

– हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेष गरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?