मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री पूजा हेगडे बनिन् ब्लकबस्टर निर्देशक एटलीको छिमेकी

काठमाडौँ – अभिनेत्री पूजा हेगडे ब्लकबस्टर निर्देशक एटलीको छिमेकी बनेकी छिन् ।

एटली शाहरुख खान र नयनतारा स्टारर फिल्म ‘जवान’को निर्देशनले चर्चित छन् । यता पूजा छिटै शाहिद कपुरको फिल्म ‘देवा’मा देखिदै छिन् ।

उनी हालै आलिशान बङ्गलामा सिफ्ट भएकी हुन् । उनले यो महल ४५ करोड भारुको घर किनेकी हुन् । ४ हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको यो बङ्गला समुद्रतिर मोहडा फर्किएको छ ।  

भारतीय मिडियाका अनुसार उनको बङ्गलाको छेउमा निर्देशक एटलीको घर छ । जहाँ उनी परिवारसहित बस्दै आएका छन् । 

कामको कुरा गर्दा सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जो दारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी पूजा ‘देवा’का अलवा ‘सनकी’मा देखिने छिन् ।

त्यस्तै उनीसँग तीन ओटा दक्षिण भारतीय प्रोजेक्ट पनि छन् । यसअघि  पनि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् ।

पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?