मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्युमर के हो ? कति प्रकारका हुन्छन् ?

हाम्रो शरीर विभिन्न कोषहरू र प्रणालीहरूले बनेको हुन्छ । कहिलेकाहीँ शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यक रूपमा अनियन्त्रित तरिकाले बढ्न थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर भनिन्छ ।

यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुँठी, गिर्खा आदि पनि भनिन्छ । ट्युमर शरीरको जुनसुकै भागमा हुनसक्छ । 

ट्युमरका प्रकार

बेनाइन ट्युमर 

यो ट्युमरले शरीरलाई खासै धेरै नराम्रो असर गर्दैन । शरीरमा हुने धेरै जसो ट्युमर बेनाइन ट्युमर नै हो । यस्तो ट्युमरलाई क्यान्सर भनिदैन । एकचोटी अप्रेसन गरेर निकालेपछि फेरी पलाएर आउँदैन ।

उदाहरणको लागि बोसोको डल्लो वा लाइपोमा, यस्ता धेरै गाँठा गुठी आयो भने त्यसलाई लाइपोमैटोसिस भनिन्छ । स्तनमा हुने फाइब्रोएडिनोमा पनि बेनाइन ट्युमर हो ।

म्यालिगन्यान्ट ट्युमर 

यस्तो ट्युमरले सँगैको तन्तु तथा अङ्गलाई असर गर्नुको साथै शरीरको अरु भागमा सरेर जान्छ । मैलिगनैन्ट ट्युमरलाई क्यान्सर भनिन्छ ।

यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ । मैलिगनैन्ट ट्युमरमा कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?