मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करोड कमाएपछि ‘मन्जुम्मेल ब्वाईज’ विवादमा, निर्मातामाथि ठगीको आरोप

काठमाडाैँ – साउथ मलयालम फिल्म ‘मन्जुम्मल ब्वाईज’ यस वर्षको सबैभन्दा सफल फिल्म हो। फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै दिएन, बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो । यी सबै कारणले चर्चामा रहेको यो फिल्म अहिले विवादमा परेको छ । वास्तवमा, फिल्मको लगानीकर्ताको तर्फबाट निर्माता विरुद्ध ठगीको मुद्दा दायर गरिएको छ।

मिडिया रिपोर्टका अनुसार मंगलबार एर्नाकुलम फर्स्ट क्लास म्याजिस्ट्रेट अदालतले केरला पुलिसलाई फिल्मका निर्माता तथा परावा फिल्म्स र उनका सहयोगी शान एन्टोनी विरुद्ध उजुरी दर्ता गर्न भनेको थियो। यो विषय नाफा बाँडफाँडसँग सम्बन्धित छ । चलचित्रको नाफाको ४० प्रतिशत पनि बाँडिएको छैन ।

यस विषयमा सिराज भल्याथरा हमिदले उजुरी दिएका छन् । फिल्म निर्माताले त्यसको नाफा बाँड्ने वाचा गरेका थिए, जुन पूरा नगरेको हमिदको आरोप छ । केरला प्रहरीले यस मामिलामा शान एन्टोनीलाई मुख्य आरोपी बनाएको छ। उजुरीपछि अदालतले फिल्म निर्माताको बैंक खाता रोक्का गर्न पनि आदेश दिएको छ ।

प्रहरी एफआइआर अनुसार हमिदले फिल्ममा लगानी गरेमा परावा फिल्म्सले ४० प्रतिशत नाफा दिने वाचा गरेको थियो । यसपछि हमिदले परावा फिल्म्सको खातामा ५.९९ करोड र शान एन्टोनीको खातामा ५० लाख रुपैयाँ पठाए । यसपछि पनि हमिदले थप ५१ लाख रुपैयाँ ऋण दिएका थिए । फिल्मका निर्माताले न मूल रकम फिर्ता गरे न त नाफा बाँडे ।

‘मन्जुम्मल ब्वाईज’ एउटा सत्य घटनाबाट प्रेरित फिल्म हो । चलचित्रले साथीहरूको एक समूहको कथा बताउँछ जो छुट्टीमा जाँदा गुफामा फसेका थिए। यो २२ फरवरी, २०२४ मा जारी भएको थियो। फिल्मले विश्वभर २३४.२५ करोड कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?