मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुष्पा–पुष्पा’ गीतको धमाकेदार टिजर सार्वजनिक

काठमाडाैँ – ‘पुष्पाः द रुल’ गीतको धमाकेदार टिजर आज सार्वजनिक भएको छ । निर्देशक सुकुमारको फिल्म ‘पुष्पाः द रुल’लाई लिएर दर्शकमा अर्कै किसिमको जोश देखिएको छ । ‘पुष्पाः द रुल’ सन् २०२४ को धेरै चर्चामा रहेको चलचित्र हो ।

हालै अल्लु अर्जुनको जन्मदिनको अवसरमा निर्माताले ‘पुष्पाः द रुल’ को पहिलो टिजर सार्वजनिक गरेका थिए । त्यो टिजरमा जठारा एपिसोडको झलक देखियो । निर्माण पक्षले बुधबार चलचित्रको ‘पुष्पा–पुष्पा’ गीतको टिजर सार्वजनिक गरेको छ ।

‘पुष्पाः द रुल’ गीतको टिजर पानी परिरहेको जङ्गलबाट सुरु भएको छ । टिजरको अर्को दृश्यमा एक्सन र विस्फोटहरू देख्न सकिन्छ। पृष्ठभूमिमा ‘पुष्पा–पुष्पा’को धुन निरन्तर गुञ्जिरहन्छ ।

यो गितले दर्शकलाई निकै रोमाञ्चित बनाएको छ । टिजरको अर्को दृश्यमा, भव्य सोफामा बसेका व्यक्तिको औंलाहरू मात्र देखिन्छन्, जसमा उज्यालो नेल पेन्टहरू छन्। हरेक दिन फिल्मसँग सम्बन्धित समाचारहरू दर्शकमाझ पुगिरहेका छन् । ५०० करोडको लागतमा बनेको यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?