मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

‘बोक्सीको घर’ बाट उत्साहित केकी

काठमाडौँ– अभिनेत्री तथा निर्मात्री केकी अधिकारी पछिल्लो समय ‘बोक्सीको घर’ को प्रचारमा व्यस्त छिन् । शीर्ष भूमिकामा समेत आफैले अभिनय गरेकी केकी यो फिल्मलाई लिएर निकै आशावादी देखिएकी छिन् ।

फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । केकीले समाजमा हुने रुढीवादी कथामा आफूले फिल्म निर्माण गरेको बताएकी छिन् । त्यसो त यो विषयमा नाटक समेत मञ्चन भइसकेको छ ।

एक ग्रामीण भेगको कथामा निर्माण गरिएको यो फिल्म रुढीवादी ‘बोक्सी प्रथा’मा आधारित छ । सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्ममा काठमाडौँबाट कुनै गाउँमा समाचार संकलनका लागि गएकी एक युवतीको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा केकीका अलावा रमा थपलिया, स्वेच्छा राउत, सुफला सापकोटा लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मको पोस्टर सार्वजनिक भएदेखि नै यसको चर्चा छ । फिल्मको ट्रेलरले पनि दर्शकको ध्यान खिचेको निर्माण टिम बताउँछ ।

युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा दर्शकले ‘मन परेको’ प्रतिक्रिया दिइरहेका छन् । ‘बोक्सीको घरबाट केकीले निकै कमाउने रैछिन् जस्तो छ, केकी अधिकारीको अभिनय लाजवाफ छ, गज्जबको चलचित्र लाग्दैछ मलाई त एकचोटी हेर्नैपर्छ,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

युट्युबमा ट्रेलर हेरेका धेरै दर्शकले फिल्म हेर्न आतुर भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा केकीले फरक फरक भूमिका निभाएको बताइएको छ । यद्यपि यसबारे धेरै खुलासा गरिएको छैन ।

क्राइम जनरा भनिएको यो फिल्मको सार्वजनिक गरिएको गीत ‘बुझिनँ मैले’ ले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । सो गीत समाचार तयार पार्दासम्म ८० लाखभन्दा बढी दर्शकले हेरेका छन् ।

केकीले या ‘बोक्सीको घर’ लाई निकै सुन्दर, मन छुने र मनोरञ्जनले भरिपूर्ण फिल्म भएको बताएकी छिन् । उनले आफूले नाटक ‘बोक्सीको घर’ हेर्दा नै मन छोएर यो विषयमा फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लागेर फिल्म नै निर्माण गरेको बताइन् ।

‘मैले जीवनमा एउटा आफैलाई मन पर्ने फिल्म बनाउने ठूलो धोको थियो, यो फिल्मले त्यो मेरो इच्छा पूरा गरिदिनेछ,’ उनले भनिन् ।

यसअघि यही विषयमा नाटक मञ्चन भइसकेको छ । उक्त नाटकमा सरिता गिरीले एकल अभिनय गरेकी थिइन् । वि.सं. २०७३ को भदौमा मञ्चन भएको यो नाटकले चर्चा समेत कमाएको थियो ।

सोही विषयमा केकीको निर्माणमा बनेको फिल्म ‘बोक्सीको घर’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । मल्टिप्लेक्स हलमा यसको अग्रिम बुकिङ खुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?