मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घरज्वाइँ’ को पोस्टरमा यस्तो देखियो दयाहाङ र मिरुनाको जोडी

काठमाडौँ– मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ का दुई पोस्टर सार्वजनिक गरिएको छ ।

अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मको पोस्टरमा दयाहाङ राई र मिरुना मगरलाई डोको बोकेको अवतारमा प्रस्तुत गरिएको छ ।

पूर्वी रुकुम आसपारमा करिव एक महिना छायाङ्कन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् ।

जिएम मुभिजको ब्यानरमा निर्माण भएको फिलम सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । फिल्मलाई नेपाल वितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?