मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ फिल्म ‘ग्याल्बो राजा’ वैशाख १५ गते प्रदर्शन गरिने

काठमाडौँ– तामाङ भाषाको फिल्म ‘ग्याल्बो राजा’काे प्रदर्शन मिति घोषणा गरिएको छ ।

कालीदेवी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नयाँ वर्षको अवसरमा यही वैशाख १५ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन हुन गइरहेको निर्माण टिमले जनाएको छ ।

किताबसिंह घलान(किरण) निर्माता रहेको फिल्मको निर्देशन विनायक तामाङले गरेका छन् । आम दर्शकले फिल्ममा नयाँपन पाउने निर्देशक निर्देशक तथा नाथक तामाङको दाबी छ ।

राजु किरातको द्धन्द रहेकाे फिल्ममा उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ ।

फिल्ममा निर्देशक तामाङसहित अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् ।

नेपाली भाषामा समेत डब गरिएको फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् । फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनकाे स्वर रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?