मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकै पहिलो ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौँ– विश्वमै पहिलो पटक ‘मिस एआई’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

वर्ल्ड एआई क्रिएटर अवार्डस् (वाइका)ले फ्यानभ्यु डटकमसँगको सहकार्यमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको सौन्दर्य प्रतियोगिताको घोषणा गरेको हो ।

यो प्रतियोगिता डिजिटल दुनियाँको पहिलो सौन्दर्य प्रतिस्पर्धा मानिएको छ । यस प्रतियोगितामा भाग लिनका लागि एआई निर्माताले आफ्ना एआई मोडलको नाम, उनीहरूका उत्कृष्ट तस्वीर र अन्य विवरण, सहित निःशुल्क अनलाइन फारम भर्नुपर्ने छ ।

प्रतियोगितामा एआई अवतारको सुन्दरता, सन्तुलन र केही प्रश्नोत्तरको आधारमा विजेता घोषित गरिनेछ । चार सदस्यीय निर्णायक मण्डल रहने यो प्रतियोगितामा सहभागी एआई–मोडलको सौन्दर्यसँगै प्रविधि र तिनले इन्टरनेटमार्फत पार्न सक्ने प्रभाव मापन गरी विश्वकै पहिलो मिस एआई घोषणा गरिनेछ ।

१४ अप्रिलदेखि शुरु भएको यो प्रतियोगितामा १० मे मा विजेता सार्वजनिक गरिनेछ भने सोही महिनाको अन्तिममा अवार्ड वितरण गरिने फोर्ब्सकाे समाचारमा भनिएको छ ।

मिस एआईको सौन्दर्य प्रतियोगितामा विजेता एआई टुल वा त्यसका निर्माताले ५ हजार डलर नगदसहित कुल १३ हजार डलर बराबरको पुरस्कार प्राप्त गर्ने अंगेजी पत्रिका फोर्ब्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?