मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइलको डिस्प्ले कोरिएर खत्तम भयो ? यसरी बनाउनुहोस् टूथपेष्टको सहायताले बिग्रिएको डिस्प्ले

काठमाडौँ– मोबाइलको डिस्प्ले कोरिएर बनाउन जान भ्याइएको हुन्न ।

भ्याइहाले पनि कतिपयसँग पैसा पनि हुन्न । हिजोआजको अधिकांश समय स्मार्टफोनमा कुराकानी गर्न मात्र होइन कि गेम खेल्नदेखि च्याटिङ गर्नसम्म प्रयोग गर्ने गर्दछन् ।

तर पनि स्मार्टफोनको सुरक्षा र प्रयोगमा ध्यान दिँदैनन् । बिग्रिहाले बनाउन भन्नेबित्तिकै सकिँदैन ।

फोन जति पुरानो भयो त्यति स्क्रीनमा स्क्य्राचहरु हुने गर्दछन्। तर फोनमा देखिएको स्क्य्राच सामान्य तरिकाले र आफैंले पनि हटाउन सकिन्छ र स्क्रीनलाई नयाँ फोनको जस्तै चम्काउन सकिन्छ।

तपाईँले यी उपायहरु प्रयोग गर्नुभयो भने स्मार्टफोनको स्क्रीन नयाँ फोनको जस्तै देखिन्छ । यसरी बनाउनुहोस स्मार्टफोनको स्क्रीन नयाँ जस्तै –

–स्मार्टफोनको स्क्रीन चम्काउनका लागि सबैभन्दा पहिले तपाईँले बजारमा उपलब्ध सामान्य किसिमको ह्वाइट टूथपेष्ट (मञ्जन) किनेर ल्याउनुपर्ने हुन्छ वा घरमा नै रहेको ह्वाइट टूथपेष्टको प्रयोग गर्न सकिन्छ।

–त्यसपछि चम्काउनुपर्ने स्मार्टफोनलाई सफा कटन कपडाले राम्रोसँग पुछ्नुहोस् । स्क्रीन पुछ्नको लागि अन्य प्रकारका कपडाहरु प्रयोग गर्नुस् ।

–तपाईँले ल्याएको टूथपेष्ट अब आफ्नो हातको एउटा औंलामा लगाउनुहोस् ।

–सो टूथपेष्ट तपाईँको स्मार्टफोनमा बिस्तारै दल्नुहोस् । तर ध्यान रहोस स्मार्टफोनको साइडमा भने यो प्रयोग नगर्नुस् ।

–स्मार्टफोनमा टूथपेष्टसहित केहि बेरसम्म मसाज गरेजस्तै हलुकारुपमा औंलालाई चलाउनुहोस्।

–तपाईँको स्मार्टफोनको स्क्रिनको पूरै भागमा यो प्रकृया सकेपछि फेरी कटन कपडाले सो स्क्रीनलाई राम्रोसँग सफा गर्नुहोस् ।

यति गरेपछि तपाईँको स्मार्टफोनको स्क्रीन यसअघिको भन्दा चम्किलो र आकर्षक देखिन्छ, जसले गर्दा फोन नयाँ किनेको जस्तै हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?