मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थकाई, कमजोरी र बाझोपन हटाउन कुरिलोको तरकारी

पुरुषको स्वास्थ्य को लागि आवश्यक पर्ने प्रोटिन जस्ता तत्त्वहरूको खजाना रहेको यो तरकारीमा ती सबै पोषक तत्त्वहरू पाइन्छ, जसले शरीर को कमजोरीलाई कम गरी शक्ति बढाउँछ ।

कुरिलो अर्थात् अङ्ग्रेजीमा ‘एसपारागस’, र हिन्दीमा ‘शतावरी’ भनिने यो सब्जी स्वास्थ्यको लागि सबै आवश्यक पोषक तत्त्व ले भरिएको हुन्छ ।

यो सब्जी खास गरेर पुरुषको लागि वरदान सरह छ । जो उनीहरूको कमजोरी हटाएर तागत , इनफर्टिलिटी (बाँझोपन) र कामेच्छा बढाउने काम गर्छ ।

पेन्सिल आकारको यो सब्जीले स्वस्थ हर्मोन बढाउँछ । यसमा कम क्यालोरी र उच्च प्रोटिन हुन्छ । यसमा भिटामिन फाइबर , फोलेट , मैगनीज , र जिङ्क जस्तो सबै आवश्यक तत्त्व हुन्छ र यो पुरुष को स्वास्थ्यको लागि आवश्यक छ ।

यदि तपाइ शाकाहारी हुनुहुन्छ भने तपाईँको लागि प्रोटिनलाई लिएर चिन्ता गर्न आवश्यक छैन । कुरिलोमा प्रशस्त प्रोटिन पाइन्छ ।

युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर, फुड डाटा सेन्टरका तथ्याङ्क अनुसार आधा कप अर्थात् करिब १०० ग्राम मा २.२ ग्राम भन्दा बढी प्रोटिन पाइन्छ । प्रोटिन शरीरको लागि तागत र ऊर्जा बढाउन आवश्यक छ ।

भिटामिन ‘ई’ लाई यौन जीवनको लागि सबै भन्दा बढी फाइदाकारी मानिन्छ । कुरिलो मा भिटामिन ‘ई’ को धेरै बढी मात्रा हुन्छ । भिटामिन ‘ई’ ले हर्मोन उत्पादन मात्र बढाउँदैन यसले छालाको लागि समेत राम्रो काम गर्छ ।

यो हरियो सब्जी फाइबर ( रेशा ) ले भरिएको हुन्छ । कुरिलो को आधा कप सेवन ले तपाईँको दैनिक आवश्यकताको करिब ७ प्रतिशत फाइबर पाइन्छ । फाइबरको सेवन पुरुषको लागि आवश्यक छ । यसको कमीले शरीर सुस्त , कमजोर र बिरामी बनाउन सक्छ ।

यो तरकारी फोलेट को एक राम्रो स्रोत मानिन्छ, जो गर्भधारण गर्ने प्रयास गरी रहेकी महिलाको लागि एक महत्त्वपूर्ण पोषक तत्त्व हो । एक अध्ययन अनुसार यो पुरुषमा फर्टिलिटि बढाउने काम समेत आउँछ । सन्तानको योजना बनाइ रहेका वा चाहना राख्ने सबै दम्पती लाई यो सब्जी सेवन गर्नु फाइदाकारी हुन्छ ।

साथै यो पोटासियम को एउटा स्रोत पनि  हो, जो रगत वाहिनी लाई आराम दिने एउटा प्रमुख खनिज हो र यसले रगतको प्रवाह मा सुधार गर्छ । रगतको प्रवाह राम्रो हुनु मुटु को स्वास्थ्य को लागि आवश्यक छ ।

कुरिलो सेलेनियम, मैंगनीज र जिङ्क को राम्रो स्रोत हो । यो सबै पोषक तत्त्व पुरुषको यौन स्वास्थ्य को लागि आवश्यक छ । यसको अर्थ पुरुषले नियमित रूपमा कुरिलो को सेवन गर्नु अत्यन्त फाइदाकारी हुन्छ । कुरिलोमा ब्लड प्रेसर अर्थात् रक्त चाप नियन्त्रण गर्ने क्षमता हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?