मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केजरीवलको न्यायिक हिरासत मे ७ सम्म

काठमाडौँ – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवलको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो ।

यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म बढाएको थियो । उनलाई गत मार्च २२ मा ट्रायल कोर्टले छ दिनको हिरासतमा पठाएको थियो । त्यसपछि उनको हिरासतको समय थपिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?