मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘टुवेल्थ फेल’

काठमाडौँ – बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘टुवेल्थ फेल’ ले दर्शकको माया र अवार्ड पाउने क्रम जारी रहेको छ ।

फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औँ संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको हो ।

फिल्मका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएको हो । चोपडाले लेखेका छन्- ‘टुवेल्थ फेल’ लाई टुलुज फिल्म फेस्टिभलमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट फिल्मको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।’

फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ ।

विधु विनोद चोपडाको यो फिल्म अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ ।

फिल्मले मनोज शर्माको सङ्घर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्त्व देखाउँछ ।

गत वर्षको हिट फिल्ममध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९.२ रेटिङ पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?