मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी औषधी जसको सेवनले निम्त्याउन सक्छ मानसिक रोग

बिरामी शरीरलाई स्वस्थ बनाउनका लागि हामी विभिन्न प्रकारको औषधीको सेवन गर्छौ । त्यस्ता औषधी कहिले चिकित्सकको सल्लाहमा सेवन गर्छौ, कहिले चाहिँ हामी आफ्नै मर्जी वा औषधी पसलेको सिफारिसमा खरिद गर्छौँ । सेवन गर्छौँ ।

जबकि, त्यस्ता कतिपय औषधीको सेवनले डिमेन्सियाको समस्या निम्त्याउन गरेको चिकित्सकहरूको भनाई छ ।  चिकित्सकका अनुसार डिमेन्सिया एक प्रकारको मानसिक रोग हो । यसका विभिन्न प्रकार हुन्छन्, जसमध्ये अल्जाइमर प्रमुख हो ।

डिमेन्सिया भएमा व्यक्तिको स्मरण शक्ति क्षीण हुने गर्छ । डिमेन्सिया भएमा व्यक्तिमा ४८ घण्टा भित्रको कुरा बिर्सने देखि अन्य विभिन्न प्रकारको मानसिक समस्या उत्पन्न हुने गर्छ । त्यसैले, डिमेन्सिया हुनबाट जोगिनका लागि यस्ता औषधी सेवन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

एलर्जीको औषधी

विभिन्न प्रकारका मानिसलाई विभिन्न किसिमको एलर्जी हुने गर्छ । र, एलर्जीको निदानका लागि मानिसहरू चिकित्सकहरूको सल्लाहमा विभिन्न प्रकारको औषधीको सेवन गर्छन् । तर, त्यस्ता औषधीको सेवन गर्नु पूर्व चिकित्सकसित त्यस्ता औषधीमा एन्टीहिस्टामाइन तत्त्वको मात्रा अत्यधिक मात्रामा छ कि छैन सोध्नुपर्छ ।  सियाटलस्थित युर्निभर्सिटी अफ वासिङ्टनमा गरिएको एक शोध अनुसार लगातार तीन वर्ष वा सो भन्दा बढी समय यस किसिमको औषधी सेवन गर्नेहरूमा सामान्य मानिसको तुलनामा डिमेन्सिया हुने सम्भावना दश प्रतिशत भन्दा बढी हुने गर्छ ।

निद्राको औषधी

लामो यात्राका दौरान एक देशबाट अर्को देशमा जाने क्रममा निद्रामा खलल नपरोस् भन्नका लागि कतिपय व्यक्तिहरू स्लिपिङ्ग ट्याब्लेट्स अर्थात निद्राको औषधी खान्छन् ।

कहिलेकाहीँ यस्ता औषधीको सेवनले स्वास्थ्यमा खासै असर नगरे पनि नियमित रूपमा यस्ता औषधीको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अनुसन्धानले जनाएको छ ।

न्यूर्योकस्थित माउन्ट सिनाई स्कुल अफ मेडिसिनमा उल्लेख गरिए अनुसार ६५ वर्ष उमेर पार गरेका दश प्रतिशत मानिसमा डिमेन्सिया हुनुमा निद्राको औषधीको सेवन मुख्य कारण भएको पाइएको थियो । त्यसैले, डिमेन्सियाबाट बच्नका लागि पनि अहिले देखि नै दिनचर्यामा सुधार तथा निद्राको लागि योग राम्रो विकल्प हुनसक्छ ।

माउन्ट सिनाई स्कुल अफ मेडिसिनको शोधमा उल्लेख भए अनुसार निद्राको औषधीले मस्तिष्कलाई निष्क्रिय बनाउँछ र मानिसलाई यसको लत लाग्छ ।

मानिसहरू यसलाई भिटामिनको चक्कीको रूपमा लिने गर्छ जसका कारण उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गर्छ । किनकि यसमा पाइने जोल्पिडम, डायजेपमा, क्लोनाजेपम, एल्पराजोलम तथा लोराजेमापम जस्ता नुनले निद्रालाई बढवा त दिन्छ, साथै डिमेन्सिया हुने जोखिम पनि बढाउँछ ।

एन्टीकालिनर्जिक औषधी

एन्टीकालिनर्जिक यस्तो तत्व हो, जुन पिसाब, अस्थमा तथा डिप्रेसनसित सम्बन्धी कयौँ प्रकारको औषधीमा पाइन्छ । यसले नशामा बग्ने एसेटाइलकोलीनको प्रवाहलाई अवरुद्ध गर्छ र यसले सोच्ने क्षमतामा व्यापक असर पार्ने गर्छ ।

इण्डियाना युर्निभर्सिटीको एक शोधमा उल्लेख भए अनुसार यस्ता औषधी सेवन गर्नेहरूमा मस्तिष्क खुम्चिएर तथा सुकेर सानो हुने गर्छ । त्यसैले, यस्ता मानिसलाई सोच्ने काममा लगाएको खण्डमा तब उनीहरूको क्षमतामा कमी हुने गर्छ  ।

केही अनुसन्धानकर्ताहरुले यसो हुनुमा डिमेन्सियालाई नै प्रमुख कारण नमाने पनि थुप्रै कारणमध्ये एक कारण भएको स्वीकार गर्छन् ।  त्यसैले, चिकित्सकको सल्लाहमा यस्ता औषधी सीमित मात्रामा सेवन गर्न निकै जरुरी छ ।

उच्च रक्तचाप 

एन्टीकालिनर्जिकको प्रयोग उच्च रक्तचाप, अनियमित धड्कन, माइग्रेन तथा ग्लूकोकाको औषधीमा समेत हुन्छ । यसबाहेक, फोक्सो सम्बन्धी समस्या, कोलेस्ट्रोलको स्तर कम राख्ने तथा पेट सम्बन्धी समस्याको उपचारमा प्रयोग गरिने औषधीमा समेत यसको प्रयोग हुने गर्दछ ।

कयौँ अध्ययनमा उल्लेख भए अनुसार यस्ता औषधिको अत्यधिक सेवन गर्ने मानिसहरूमा डिमेन्सियाका लक्षण देखिएकोमा यो औषधीको सेवन बन्द गर्नसाथ सुधारको लक्षण देखा परेको थियो । त्यसैले, पनि यी सबै समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यस्ता औषधीको सेवन संयमित मात्रामा गर्नु हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?