काठमाडौँ– कुनै पनि निर्जीव वस्तुलाई सजीव प्राणीजस्तै गतिशील र चलायमान बनाउने विधि नै एनिमेसन हो ।
पछिल्लो समय कार्टुन तथा भिडियो बनाउनका लागि एनिमेसन प्रविधिले काम गरेको छ । अहिले यो प्रविधि बच्चा, बालबालिका, युवा र वयस्क सबै उमेर समूहका व्यक्तिमाझ निकै रुचाइएको छ ।
आज हामी तपाईँलाई आफ्नै आवाज प्रयोग गरेर कार्टुन अथवा एनिमेसन भिडियो बनाउने तरिकाको बारेमा जानकारी दिँदै छौँ ।
यदि तपाइलाई आफ्नै आवाज सहितको एनिमेट भिडियो बनाउन मन छ भने ‘एनिमेट फ्रम अडिओ’ नामक टुल उपयोगी हुन सक्छ ।
एडोबीले विकास गरेको यो टुलबाट कार्टुनमा आफ्नो आवाज राख्न सकिन्छ । यो टुल तपाइले एडोबी अकाउन्ट बनाएर निःशुल्क रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
यसरी बनाउन सकिन्छ यो एपको प्रयोग गरी एनिमेसन भिडियो :
– सबैभन्दा पहिला तपाइको मोबाइल वा कम्प्युटरमा यो एप डाउनलोड गर्नुहोस् ।
– त्यसपछि त्यहाँ पहिल्यै छानिएका र तपाइले छान्न मिल्ने एक सय ३० बढी क्यारेक्टर देखिन्छन् । त्यस मध्ये कुनै एक क्यारेक्टर रोज्ने । जहाँ विभिन्न प्रकारका आठ क्याटगरी रहेका छन् ।
– त्यपछि दायाँ भागमा रहेको ब्याकग्राउन्डमा क्लिक गरी आफूलाई मन परेको ब्याकग्राउण्ड छान्ने । अथवा कस्टम रङ पनि राख्न सकिन्छ ।
– र आफू अनुकूल भिडियोको आकार छानी तपाइले रोज्नुभएको क्यारेक्टर नजिक भएको ‘रेकर्ड’ बटनमा क्लिक गरी अडियो रेकर्ड गर्ने ।
– यसरी फाइल अपलोड गर्दा दुई मिनेट तथा एक जीबीसम्मको फाइल हुनुपर्छ । र केही समयपछि फाइनल भिडियो बन्नेछ ।
– त्यसपछि डाउनलोड अथवा एडोबी एक्सप्रेसमा उक्त फाइल खोल्ने विकल्प देखा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया