मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौँ – ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो । 

भूकम्पको केन्द्रबिन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुई वटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको  र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । 

यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।

ताइवानको केन्द्रीय मौसम ब्युरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको सङ्गममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।

सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?