काठमाडौँ – काठमाडौँको बालाजुस्थित बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला शुरु भएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लाग्दै आएको यो मेला पाँच दिनसम्म जारी रहने छ ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । यहि कारण मेला भर्न बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको छ ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया