मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झापा गाउँपालिकाले दियो छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा – जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले जानकारी दिइन्।

यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन्।

गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्टाइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो ।

झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?