मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ ।

प्रतिष्ठानको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमवार प्रतिष्ठान परिसरमा गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङकाे उपस्थितिमा प्रतिष्ठानकी कुलपति निशा शर्माले पुरस्कृत हुने स्रष्टा नाम र पुरस्कार घोषणा गरेकी हुन् ।

रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दन कुमार श्रेष्ठ, सङ्गीत विधा तर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र के.सी., नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की स्रष्टाहरु पुरस्कारका लागि छनोट भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तामाङले वार्षिकोत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धीहरु, सम्पन्न गर्न बाँकी रहेका कामहरुको बारेमा समीक्षा गर्नुपर्ने बताउँदै प्रतिष्ठानका लागि मन्त्रालयबाट आगामी आर्थिक वर्षमा सम्बोधन गरिनुपर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताए ।

कुलपति शर्माले प्रतिष्ठान स्रष्टा तथा सर्जकहरुको संस्था भएकाले उहाँहरुको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानको अवसर र चुनौतिका बारेमा चर्चा गर्नुहुँदै प्रज्ञा प्रतिष्ठानसँग विविध कार्यक्रम आयोजना गर्नका लागि सुविधा सम्पन्न प्रेक्षालयको अभाव रहेको बताए ।

वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रुपमा योगदान पुर्‍याएका संस्था तथा स्रष्टाहरुलाई सम्मान समेत गरिएको छ ।

संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए भने व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, के.पी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी संगीता प्रधान, वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रुपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीलगायत प्रशंसा पत्र सहित सम्मानित भएका छन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका कार्यवहाक अध्यक्ष भिम कुमाखी मल्ल लगायतको सहभागिता थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?