मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरा थिएटरमा ‘स्मृति बिक्री केन्द्र’

काठमाडौं– पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा नाटक ‘स्मृति बिक्री केन्द्र’ मञ्चन भइरहेको छ ।

साहित्यकार बुद्धिसागरको कथालाई रङ्गकर्मी ऋतेशले नाट्य रुपान्तरण गरी मञ्चन गरिएको हो । वैशाख १ देखि १५ गतेसम्म मञ्चन हुने नाटकको निर्देशन ध्रुव पौडेल पौडेलले गरेका छन् ।

नाटकले स्मृतिको चित्रण मार्फत् सामाजिक तथा मनोवैज्ञानिक रुपमा यथार्थताको चित्रण गरेको नाट्य समूहको भनाइ छ । एक जना मान्छे स्मृतिभित्र बाँचेर हेर्दा उनले देख्ने संसार नै नाटकको सार हो ।

नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु भुषाल, प्रसुना भण्डारी, लक्ष्मण डुम्रे, उमा पुन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?