मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अडियो शेयर गर्नका लागि ‘एअरच्याट’

काठमाडौँ– भिडियो तथा फोटो शेयरिङका लागि पछिल्लो समय धेरै किसिमका एपहरू हामीमध्ये धेरैले चलाउँछौँ । तर के तपाइलाई थाहा छ, फोटो र भिडिओजस्तै अडियो शेयर गर्न मिल्ने एप पनि हुन्छन् । 

यसमध्ये गत वर्ष मात्रै सार्वजनिक भएको एअरच्याट पनि पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । एन्जेललिस्टका संस्थापक नवल रविकान्त र टिन्डरका पूर्व प्रोडक्ट एक्जिक्युटिभ ब्रायन नोर्गार्डको नेतृत्वमा यस एपलाई पुन निर्माण गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । 

अप्रिल १३ मा यसलाई आईओएस र एन्ड्रोइडमा सार्वजनिक गरेसँगै यसको चर्चा चुलिएको छ । 

अन्य सोसल मिडिया प्लेटफर्ममा जस्तै यसको फिडमा पनि प्रयोगकर्ताले स्क्रोल गरी पोस्ट, कमेन्ट, लाइक, शेयर, फलो गर्न सकिन्छ । तर यी सबै अडिओ र भिडिओ रेकर्डिङहरूको रूपमा हुन्छन् । 

यस्तै एअरच्याटले ती अडियो र भिडिओ क्लिपहरूलाई फिडमा टेक्स्टको रुपमा परिणत गर्न एआई ट्रान्सक्रिप्सनको समेत प्रयोग गर्छ ।

यसलाई पोडकास्ट जस्तै गाडी चलाएको बेला वा अन्य काम गरिरहेका बेला पनि सुन्न सकिने बताइएको छ । स्क्रिन अफ भएको अवस्थामा समेत एअरच्याटले तपाइसँग कुरा गर्न सक्छ । 

यस्तै यो एपमा डाइरेक्ट मेसेज गर्न सक्ने फिचर पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?