मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसईईको उत्तर पुस्तिका नजाँच्ने शिक्षकहरूको चेतावनी

काठमाडौँ– शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तर पुस्तिका नजाँच्‍ने चेतावनी दिएका छन् ।

शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तिमार्फत जनाएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलेश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

हाल एसईईको एउटा उत्तरपुस्तिका जाँच्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?