मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दर अनुहारका लागि लसुन र प्याज

सुन्दर बन्ने मन कसलाई पो हुँदैन ? बजारमा पाइने केमिकल युक्त कस्मेटिकले हाम्रो छालालाई दिन प्रतिदिन कुरूप बनाइरहेको छ ।

बजारका समानको प्रयोग नगरी घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्। 

यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ । प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो ।

त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेस प्याक बनाएर प्रयोग गर्न सकिन्छ ।

प्याजमा केही प्रकारको भिटामिन हुन्छ । यो एन्टी अक्सिडेन्टको खजाना पनि हो । यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ । यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ ।

कसरी प्रयोग गर्ने त प्याज ?

प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईँ चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेस प्याक बनाएर पनि लगाउन सकिन्छ । 

रुखोपन हटाउन लसुनको प्रयोग

लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ । यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ ।

कसरी गर्ने प्रयोग ?

नियमित रूपमा एक वा दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ । यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ । लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ ।

फेस प्याक बनाउने विधि

–सफा पानीले अनुहार पखाल्नुपर्छ ।

– लसुनको पाँच वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने । त्यसलाई मिक्सरमा राखेर पिस्ने ।

– अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने ।

– लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ ।

– अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?