काठमाडौँ – मसाज वा मालिसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ ।
प्राकृतिक चिकित्सा विधिमध्येको आफैँमा बहु उपयोगी विधि मसाज सबै उमेर र सबै लिङ्गका मान्छेको लागि उपयुक्त विधि हो ।
अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीन पटकसम्म घाममा राखेर तेल मालिस गर्ने चलन यो पनि मालिसको एउटा विधि हो ।
मालिसले मान्छेको हाड तथा मांसपेशीलाई बलियो बनाउँछ । मान्छेको वृद्धि विकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ ।
यी हुन् मसाजका फाइदा
मसाजले शरीरको रक्त प्रवाहलाई नियमित बनाउन सहयोग गर्छ ।
मांसपेशीको पीडा कम गर्छ ।
वर्कआउटपछि मसाज गर्नु पनि उपयुक्त मानिन्छ ।
पाँच दिन लगातार कसरत गरेपछि हप्तामा एक पटक मसाज गराउनुपर्छ । मसाजले शरीरलाई फुर्तिलो राख्न सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया