मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले लगायो इजरायली सैनिक माथि प्रतिबन्ध

काठमाडौँ – अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। 

 अन्तर्राष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा समेत गरेका छन् । 

प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो । मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरू विरुद्ध हर सम्भव रूपमा कारबाही गर्नेछ।’

यो प्रतिबन्ध वेस्ट बैङ्कमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

वाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय पनि गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन् । यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ।

‘हाम्रा सिपाहीहरू आतङ्ककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतङ्कवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदै छ । प्रतिबन्ध लगाउने मनसाय बेतुक छ।’ 

 इरान–इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ । यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ । अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?