मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने

बागलुङ – पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । 

दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए । 

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रूपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ ।

पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई रु दुई लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले बताए । 

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । अर्यालका अनुसार पहिलो चरणमा रु ८५ लाख लगानी लगानी गर्न लागिएको हो ।

“घरबास सञ्चालन गर्न रुचि राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफारिस गरेका व्यक्ति हुनुपर्ने छ, एउटा घरबासका लागि रु दुई लाख ८० हजारसम्म सहयोग हुन्छ, अहिले तत्काल सञ्चालन हुँदै आएको ढोरपाटनका पाँच घरबास सञ्चालकलाई सहयोग गरेका छौँ”, कार्यक्रम संयोजक अर्यालले भने, “अब छिट्टै अन्य उद्यमीलाई पनि हुन्छ, खास गरी ‘इको टुरिजम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ ।”

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरक फरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ । 

ढोरपाटनका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताए ।

ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?