मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च,सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौँ – हिम पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

“बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?