मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेभलपर टिमले छोडेपछि ‘नागरिक एप’ को बिजोग

काठमाडौँ – डेभलपर र सपोर्ट टिमले सिंहदरबार छोडेपछि नागरिक एप बिचल्ली परेको छ ।

हाल नागरिक एपमार्फत ६५ प्रकारका सरकारी तथा सार्वजनिक सेवा उपलब्ध हुँदै आएका छन् । जसमध्ये टिमले छोडेपछि अहिले प्यान दर्ता कार्यमा कठिनाइ उत्पन्न भएको हो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रले ७ अप्रिल २०२१ मा म्याक्स इन्टरनेसनल प्रालिसँग नागरिक एपको डेभलपमेन्टका लागि दुई वर्षे र सपोर्टका लागि तीन वर्षे सम्झौता गरेको थियो ।

तर त्यतिवेला नवीकरणको प्रावधान नराखिँदा अब के गर्ने भन्ने समस्या पहिलेबाटै थियो । जहाँ गत २५ चैतमा नागरिक एपको सपोर्ट सम्बन्धी सम्झौताको अवधि समाप्त भए पनि  डेभलपर कम्पनीले जेनतेन डेभलपमेन्टको काममा सघाउँदै आएको थियो । 

यस्तोमा नागरिक एपको डेभलपमेन्ट र सपोर्ट कार्यलाई निरन्तरता दिन यस वर्ष टेन्डरमा जानुपर्ने आवश्यकता थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र नै सरकारले बजेटमार्फत खारेज गरिदिएपछि चालू आर्थिक वर्षका लागि बजेट नै छुटाइएको थिएन । अब बजेट व्यवस्था गरेर टेन्डर प्रक्रियामा जान अर्को आर्थिक वर्षसम्म कुर्नुपर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?