काठमाडौँ – टेस्लाले ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ । यसका पछाडि एक्सिलेटर पेडलमा देखिएको समस्या मुख्य कारण हो ।
ती ट्रकहरूमा पेडललाई अलि जोडले थिच्दा गाडीको भित्र अड्किने समस्या देखिएको छ ।
यो समस्याबाट १३ नोभेम्बर, २०२३ देखि ४ अप्रिल २०२४ सम्म उत्पादन गरेर बिक्री गरिएका सबै साइबर ट्रक प्रभावित भएका छन् । फलतः तीन हजार ८७८ साइबर फिर्ता बोलाइएको हो ।
नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन अनुसार ग्यास पेडलमा उचित ग्लुको सट्टा लुब्रिकेन्ट प्रयोग गर्नाले यो समस्या देखिएको हो ।
यद्यपि टेस्लाले यस अघि पनि थुप्रै पटक बेचिसकेको गाडी भारी मात्रामा फिर्ता बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया