मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियामा पीआर पाउने नेपालीको सङ्ख्या डेढ लाख नाघ्यो

काठमाडौँ – सन् २०२२ को जून मसान्तसम्म अस्ट्रेलियामा स्थायी बसोबास अनुमति (पीआर) पाउने नेपालीको सङ्ख्या १ लाख ५१ हजार १४० पुगेको छ।

१० वर्षमा झन्डै पाँच गुणाले बढेको यो सङ्ख्यामा सन् २०२२–२३ मा मात्रै १२ हजार ४१ थपिएका थिए । गृह मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१२ को जून मसान्तसम्म यो सङ्ख्या ३० हजार ७३० जना मात्र थियो। 

पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३८० जना नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इन्नोभेसन अन्तर्गत भिसा पाएका छन्।

त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७६१ जना, सीपयुक्त आत्मनिर्भर क्याटेगोरीमा २ हजार ७६३ जना, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३६७, ग्लोबल ट्यालेन्ट अन्तर्गत २६ जना, सहकर्मी मार्फत ६७५ जना र विविधमा ६९ जना नेपालीले उक्त वर्ष पीआर पाएका छन्।

यसरी पिआर पाउनेमा पुरुषको संख्या बढि छ । ५५.४ प्रतिशत नेपाली पुरुषले पीआर पाउँदा ४४.६ प्रतिशत महिलाले पाएका छन् यो संख्या अस्ट्रेलियामा पीआर पाउने विदेशीमध्ये २ प्रतिशत हो ।

अष्ट्रेलियाको कुल जनसङ्ख्यामा पीआर पाउने नेपालीको हिस्सा ०.६ प्रतिशत रहेको छ।

पीआर पाउनेमध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका रहेका छन्। त्यसमध्ये पनि नर्सले सबैभन्दा बढी, त्यसपछि डाक्टर, फार्मा लगायत रहेका छन्। बसोबासको अस्थायी अनुमति प्राप्त गर्नेमा भने सेफ सबैभन्दा धेरै रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?