मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुनियाँको यस्तो देश, जहाँ छैनन् एउटा पनि सर्प

काठमाडौँ– सर्प संसारमा पाइने अनेक जीवमध्ये एक मानिन्छ । यो करीब ६ लाख वर्ष पहिले पृथ्वीमा आएको महाविनाशपछि तीव्र रुपमा विकास भएको जीव मानिन्छ ।

विश्वका लगभग सबै देशमा सर्प पाइने गर्छ । नेपालमा पनि सर्पको टोकाइबाट वर्षेनी हजारौँको ज्यान जाने गर्छ ।

कल्पना गर्न पनि गाह्रो त यो छ कि, संसारमा यस्तो पनि देश छ । जहाँ सर्प नै पाइँदैन । दक्षिणी ध्रुवको न्यूजिल्याण्ड देशमा सर्प हुँदैनन् । यही कारण यो देशलाई सर्प नहुने देश पनि भन्ने गरिन्छ ।

सुदूर दक्षिण ध्रुवमा पर्ने यो दीपमा जङ्गली जनावरको कमी छैन तर सर्पका प्रजाति भने पाइँदैनन् । न्युजिल्याण्डका आसपासमा पर्ने समुद्रमा पनि सर्प पाइने भए पनि यो देशमा मात्र पाइँदैन । आजसम्म यो देशमा एउटा पनि सर्प नभेटिएको बताइन्छ ।

यो देशमा बाहिरबाट पनि सर्प लैजान प्रतिबन्ध गरिएको छ । साथै यहाँ कुनै पनि प्रकारका सर्प पाल्न पनि प्रतिबन्ध लगाइएको छ । त्यहाँका स्थानीयहरुले पनि अरु देशबाट सर्प लैजान खतरा हुने विश्वास गर्दै आएका छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?