मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मकर्मीको जुँगाको लडाइँ

अनमोल भर्सेस प्रदीप: ‘स्टारडम’को भाले जुधाइमा कसले मार्ला बाजी?

काठमाडौँ– निर्माता रोहित अधिकारीले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ निर्माणको घोषणा गरे । सुयोग गुरुङले निर्देशन गरेको यो फिल्म निर्माणको घोषणा लगत्तै चर्चामा आयो ।

यसअघि अनमोलले अभिनय गरेको फिल्म ‘छड्के २’ नराम्रोसँग फ्लप भएपछि अभिनेता केसीले अब राम्रा फिल्ममा मात्र काम गर्ने घोषणा गरेका थिए । त्यसैले पनि ‘फर्की फर्की’ मा उनले अभिनय गर्ने भनेपछि स्वत: चर्चा चुलियो ।

यो फिल्मभन्दा पहिले उनले अन्य केही निर्माताको अफर अस्वीकार गरेका थिए । धेरैलाई के विश्वास छ भने अनमोल यो फिल्ममा स्किृप्ट र राम्रो टिम हेरेर मात्र काम गर्न राजी भएका हुन् ।

‘फर्की फर्की’ निर्माण टिमले पहिले नै फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेको थियो । सो अनुसार निर्माण टिमले फिल्मको तयारी थालेको थियो । फिल्ममा अनमोल र जसिता गुरुङको जोडी बाँधिएको छ भने ट्रेलरले पनि राम्रो चर्चा बटुलेको छ ।

फिल्मलाई टाइम ट्राभलमा आधारित कथा भनिएको छ ।

यता अर्का निर्देशक दिनेश राउतले पनि केही समयअघि फिल्म ‘पुजार सार्की’ को घोषणा गरे । यो फिल्मको पनि एकाएक चर्चा चुलियो । किनकि, फिल्ममा मल्टिस्टारहरुलाई अनुबन्ध गरिएको थियो ।

राउतको फिल्म ‘पुजार सार्की’ मा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहलाई अनुबन्ध गरिएपछि यो फिल्मको हाइप ह्वात्तै बढ्यो । फिल्मको पोस्टर रिलिजपछि नै यसको खुबै चर्चा भयो ।

केही समयअघि निर्माण टिमले ‘पुजार सार्की’ को प्रदर्शन मिति पनि जेठ १० गतेलाई घोषणा गर्‍यो । योसँगै अनमोल र प्रदीप दुवैका फिल्म एकै मितिमा प्रदर्शन हुने भएका छन् ।

स्मरण रहोस्, केही वर्षयता अनमोल र प्रदीप दुवैलाई युवापुस्तामाझ लोकप्रिय अभिनेता भनिए पनि दुवैले आक्रामक व्यापार गर्ने फिल्म दिन सकेका छैनन् । यद्यपि सामाजिक सञ्जाल र मिडियामा भने दुवैको चर्चा भइरहन्छ ।

हालसम्म सार्वजनिक गरिएका दुवै फिल्मको पोस्टर र टिजरका आधारमा यी दुवै फिल्मको राम्रो हाइप छ । तर, दुवै फिल्म फरक जनराका छन् । लामो समयपछि शहरीया युवाको कथामा अनमोलको ‘फर्की फर्की’ आउँदैछ भने ‘पुजार सार्की’ चालीसको दशक वरिपरिको ग्रामीण भेगको कथामा आधारित छ ।

दुवै फिल्मको स्वाद फरक हुने अपेक्षा गरिए पनि यी दुई फिल्म एकसाथ रिलिज हुनेमा भने कलाकारको भन्दा निर्माण टिमको हात देखिन्छ । यसरी सम्भावना बोकेका कलाकारका फिल्म एउटै मितिमा प्रदर्शन हुँदा सम्रग नेपाली फिल्म उद्योगलाई क्षति पुग्ने फिल्म विश्लेषकहरु बताउँछन् ।

घाटा जति लागे पनि जसलाई लागे पनि अनमोल केसी र प्रदीप खड्काको फिल्म जुध्दा एउटालाई त पक्कै घाटा लाग्ने नै छ । यो भाले जुधाइले कसलाई फाइदा हुन्छ र कसलाई घाटा हुन्छ, त्यसका लागि भने अझै केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?