मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिष्टर एण्ड मिस नेशनल’ मा भिड्दै डा. आयुष्नोभा

काठमाडौँ– पछिल्लो समय सौन्दर्य प्रतियोगितातर्फ आकर्षण बढ्दो छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको समेत क्रेज छ ।

यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुङ्गाना । ढुङ्गाना मोडल तथा डाक्टर हुन् । कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साहिकीह्याटिक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछिन् ।

कलाकारितातर्फ उनले मोडलिङ, कान्छो अङ्ग्रेजी अनुवादक लगायतबाट समेत विभिन्न अवार्डहरु प्राप्त गरेकी छिन् ।

‘मिस्टर एण्ड मिस नेशनल’तर्फ उनी मिस नेसनलकी प्रतियोगी हुन् । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले उनी यो प्रतियोगीतामा सहभागी भएकी हुन् ।

उनी प्रतियोगिताको अन्तिम २४ भित्र छानिन सफल भएकी छिन् । उपाधि जित्ने उदेश्यले उनी दिनरात मिहिनेत गरिरहेकी छन् ।

मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जन बढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् । उनी डाक्टर पेशाा समाजसेवाका लागि रोजेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?