मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।

कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो लोकार्पण समारोह’ मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त ऐतिहासिकस्थलको अध्ययन– अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरिएको हो ।

सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न आग्रह गरे ।

साहित्यकार प्रा. शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगतका भोगाइ सटीक रूपमा भित्तेपात्रोमा समेटिएको बताए ।

साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताए ।

कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा. विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?