मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना-प्रविधि

यी हुन् शब्द लेखेकै भरमा आकर्षक तस्वीर बनाइदिने सात एआई टूल

काठमाडौँ– आर्टिफिसियल इन्टिलिन्जेन्स (एआई) को विकासले अहिले आम मानिसको जीवन सहज बनाइदिएको छ । अहिले मोबाइल डिभाइसदेखि कम्प्युटरका एपहरूमा समेत एआईको प्रयोग गर्न थालिएको छ ।

अब सूचना प्रविधिको क्षेत्रमा एआई अनिवार्य ‘टूल’ जस्तै भइसकेको छ । केही समयअघि नेपाली प्रयोगकर्तामाझ माइक्रोसफ्टको बिङ्ग (अहिले कोपाइलट) बाट जेनेरेट गरिएका तस्वीरहरु सामाजिक सञ्जालमा व्यापक भाइरल भएका थिए ।

अझ कतिपयले प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जालमा प्रोफाइल तस्वीर राख्ने, साथीहरुलाई विभिन्न डिजाइनका तस्वीर बनाएर दिने समेत गरेको पाइन्छ ।

पछिल्लो समय टेक्स्ट टु इमेज (शब्दका भरमा तस्वीर बनाउने प्रविधि) को लोकप्रियता निकै बढेको छ ।

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले सन् २०२१ मा लेखेको भरमा तस्वीर सिर्जना गर्ने एआई टुल ‘ड्याल–ई’ सार्वजनिक गरेपछि एआईबाट तस्वीर निर्माण गर्ने क्रमको शुरुवात भएको मान्न सकिन्छ ।

अझ जेनेरेटिभ एआईमा भएको विकासले पछिल्लो समयका एआई टुलहरू झन् शक्तिशाली बनेका छन् । एआईबाट बनाइएका तस्वीरहरु वास्तविक रूपमा खिचिएको जस्तै र राम्रो कलाकारले कोरेको चित्रजस्तै देखिन्छन् । 

वास्तवमा कम्प्युटरको सहयोगमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरि तस्वीर बनाउने क्रम तीव्र रुपमा बढेको छ । यो सामग्रीमा हामीले लेखेकै भरमा तस्वीर बनाइदिने केही एआई टुलको बारेमा चर्चा गर्दैछौँ ।

कोपाइलट

माइक्रोसफ्ट कम्पनीले शुरुमा ‘बिङ एआई’ का रुपमा ल्याएको यो एआईलाई अहिले कोपाइलट नाम दिइएको छ । यो एप पछिल्लो समय लोकप्रिय एपमा पर्छ । यो एआईले शब्द लेखेकै भरमा निकै आकर्षक तस्वीरहरु जेनेरेट गरिदिन्छ । यसले नेपाली भाषामा दिएको निर्देशन अनुसार समेत तस्वीर बनाउँछ ।

लेक्सिका

लेक्सिका आर्टिफिसियल इन्टेलिजेन्स एल्गोरिदमा आधारित रहेर तस्वीर निर्माण तथा सम्पादन गर्ने लोकप्रिय एप हो । लेक्सिका डट आर्टले प्रयोगकर्ताले दिएको विशेष इनपुट वा प्रम्टहरूमा आधारित रही आकर्षक तस्वीरहरु बनाउँछ । सन् २०१८ मा स्थापित भएको लेक्सिका डट आर्टले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी डिजिटल कलाको क्षेत्रमा एक नयाँ परिवर्तन ल्याएको मान्न सकिन्छ । यसलाई पहिले निःशुल्क उपयोग गर्ने सुविधा दिइए पनि पछिल्लो अपडेड अनुसार तस्वीर जेनेरेट गर्न ग्राहक बन्नुपर्ने हुन्छ ।

लिओनार्दो डट एआई

लिओनार्दो डट एआई एक जेनेरेटिभ एआई प्लाटफर्म हो । जसले प्रयोगकर्ताले दिएको निर्देशनको आधारमा तस्वीर निर्माण गर्छ । लिओनार्दो डट एआईले पनि शब्दकै भरमा राम्रो तस्वीरहरु बनाउँछ । यसबाट तस्वीर बनाउनका लागि लिओनार्दो डट एआईको वेबसाइटमा गएर अकाउन्ट सिर्जना गर्नुपर्छ । लिओनार्दो डट एआईका ७० लाख बढी प्रयोगकर्ता रहेका छन् भने अहिलेसम्म ७० करोडभन्दा बढी तस्वीरहरु निर्माण गरिएका छन् ।

एडोबी फायरफ्लाई

एडोबी फायरफ्लाई यस्तो टुल हो, जसले टेस्क्टको भरमा फोटो बनाउने मात्र नभई कुनै पनि फोटोलाई सम्पादन गर्न सक्छ । यसले करीब एक सयभन्दा बढी भाषाहरूमा दिएको निर्देशन अनुसार सजिलैसँग तस्वीर सिर्जना गर्न तथा सम्पादन गर्न सक्छ ।

प्लेग्राउन्ड एआई

प्लेग्राउन्ड एआईले पनि जेनेरेटिभ एआई मा आधारित रहेर तपाईँले दिएको निर्देशनका आधारमा तस्वीर निर्माण गरिदिन्छ । यसमा कुनै पनि प्रयोगकर्ताले निःशुल्क रुपमा हजारौं फोटोहरू तयार पार्न सक्छ । यसले तयार पारेका फोटोहरू स्तरीय देखिनुका साथै सहजै डाउनलोड गर्न पनि सकिन्छ ।

ड्रिम डट एआई

अकाउन्ट नबनाएर पनि आर्ट बनाउन सकिनेमध्येको एक वेबसाइट ड्रिम डट एआई हो । यसमा गएर आफूले शब्दमा दिएको प्रम्प्ट अनुसार तस्वीर बनाउन सकिन्छ ।

मिडजर्नी

मिडजर्नी पनि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टूल हो । जसले प्रयोगकर्ताको लिखित निर्देशनका आधारमा विभिन्न डिजाइन तथा आकर्षक तस्विरहरु निर्माण गर्छ । मिडजर्नीबाट तस्वीर तयार गर्नका लागि खाता खोल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?