काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘मेयर’को छायाङ्कन ५१ औँ दिनमा सकिएको छ ।
केही दिनको काठमाडौँ छायाङ्कनपछि सर्लाही पुगेको निर्माण युनिटले सर्लाहीको विभिन्न स्थानमा छायाङ्कन सकाएको निर्देशक खनालले जानकारी दिए ।
फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरेका छन्, भने अभिनेत्री वर्षा राउतले उनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।
फिल्ममा खगेन्द्र र वर्षाको अलावा अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यादेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय देख्न सकिनेछ । फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापाले कलाकारको रूपमा डेब्यु गरेका छन् ।
फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा पटकथा महेश दवाडीले लेखेका छन् । कृष्ण बहादुर थापाको छायाङ्कन रहने फिल्ममा जयन जे वाइवा र कल्याण सिंहको सङ्गीत छ ।
सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर फिल्म ‘मेयर’ बनाइएको हो । फिल्म छायाङ्कनकै वेला उनीमाथि भने भ्रष्टाचारको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया