मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् खाना,खाजा खाएपछि खाइने सौँफको फाइदा

 हामीहरू प्राय खाना खाइसकेपछि सौँफ चपाउँछौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउने गरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सौँफ किन खाइएको होला ? यो जिज्ञासा सबैमा हुनसक्छ । 

सामान्यतया मानिसले यो खाने भनेको खाना पचाउनका लागि, मुखको दुर्गन्ध हटाउनका लागि भन्ने बुझेको पाइन्छ । तर सौँफको अन्य फाइदाहरू पनि रहेका छन् । यसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियमको स्रोत पनि हो । खाना खाइसकेपछि सौँफ चपाउनुको फाइदा यस्ता छन् ।

–कब्जियतबाट राहत 

 कब्जियतको समस्या हुन दिँदैन । यसलाई चिनी वा मिस्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

–आँखाको रोशनी बढाउन

यसको सेवनद्वारा आँखाको रोशनी बढाउन सकिन्छ । सौँफ तथा मिस्रीको चूर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

–पखाला कम गर्न 

पखाला लागेमा सौँफको सेवन उत्तम मानिन्छ ।  बेलको गुदीसित बिहान बेलुकी चपाएको खण्डमा अजीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

–खोकीको समस्या कम गर्न

खोकीमा पनि यो निकै उपयोगी मानिन्छ । यसको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमशः हटेर जान्छ ।

–पाचक को काममा 

खाना पछि सौँफ खानाले खाना राम्ररी पच्छ । सौँफलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रूपमा काम गर्छ ।

–पेटको दुखाई कम गर्न

पेट सम्बन्धी समस्या होस् वा पेटको दुखाई । भुटेको सौँफलाई चपाएर खाएमा यसले पेट सम्बन्धी समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ साथै । पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि यसको सेवन लाभदायक मानिन्छ । थोरै सौँफलाई पानीमा उमालेर त्यसमा मिस्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

–घाँटीको समस्या हटेर जान्छ

घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौँफलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

–छालालाई चम्किलो बनाउँछ 

दैनिक रूपमा सौँफलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

–हातखुट्टा पोल्ने समस्या कमी आउँछ

हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सौँफ र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिस्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या विस्तारै कम भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?