मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्तन क्यान्सर भएका महिलाहरूमा डिप्रेसन घातक

एक अध्ययनमा स्तन क्यान्सरबाट पीडित महिलाहरूमा उदासी रोग (डिप्रेसन) घातक हुन सक्ने देखिएको छ ।

विभिन्न अध्ययनका नतिजाहरू भर्खरै हङ्गेरीमा भएको युरोपियन साइकियाट्रिक एसोसिएसन काँग्रेस २०२४ मा प्रस्तुत गरिएको थियो ।

अध्ययनको लागि, रूसी अनुसन्धानकर्ताहरूले सन १९७७ देखि २०१८ को बीचमा स्तन क्यान्सरबाट पीडित महिलाहरूमा डिप्रेसन को प्रभावको विश्लेषण गरेका छन् ।

अनुसन्धान अनुसार स्तन क्यान्सरका बिरामीमा डिप्रेसनको व्यापकता ४.५ प्रतिशत देखि ३८ प्रतिशत सम्म रहेको पाइयो ।

प्रारम्भिक चरण (पहिलो र दोस्रो स्टेज) को क्यान्सर र डिप्रेसन भएका बिरामीहरूमा स्तन क्यान्सर र सबै कारणले हुने मृत्युदरमा दुई देखि अढाई गुणा वृद्धि देखिएको थियो ।

८ देखि १५ वर्ष भित्र नन मेटास्टेटिक स्तन क्यान्सर भएका महिलाहरूमा मृत्युको जोखिम साढे दुई गुणा बढी हुन्छ । स्तन क्यान्सर सँग डिप्रेसन अझ घातक रहने अनुसन्धानले पत्ता लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?